हिल साइडमा मर्काए मिस टिन कलेजका प्रतियोगीले कम्मर


सेलिब्रेटी नेपाल नगरकोट
मिस टिन कलेज सिजन ४ मा सहभागी ३० जना प्रतियोगीहरुले नगरकोट स्थित हिल साइड भिलेज रिसोर्टमा आफ्नो आफ्नो प्रतिभा प्रस्तुत गरेका छन ।चलचित्र निर्देशक संचारकर्मी जनक दीप पराजुली,गायक सुमन शेखर मानन्धर,गायक तथा मोडल दिनेश थापा र रेजिना तुलाधरले सहभागी हरुको प्रतिभाको मुल्यांकन गरेका थिए । सहभागीहरु धेरैले नृत्य प्रस्तुत गरेका थिए भने केहिले गीत गाएका थिए ।
New-model-miss-teen
उक्त कार्यक्रममा आंचल धामी,आरति लामा अदिति तुलाधर, एन्जिला श्रेष्ठ,अनिशा श्रेष्ठ,अनु के.सी.,अपुर्भा चखुन,अस्मिता तामांग,बन्दना श्रेष्ठ,वर्षाबस्नेत, कल्याणी श्रेष्ठ,नबिना महर्जन,निशा महत,प्रथा बस्नेत,प्रतीक्षा तामांग,रबिना खरेल,रेजिना खड्का,रुश्मा तामांग,सबिना रिजाल,साक्षी प्याकुरेल,समिक्षा गुरुङ,सम्झौता राइ,संजु तामांग,सोनम खड्गी,सुष्मा श्रेष्ठ,शृजना राउत,स्वस्तिका अधिकारी,उर्मिला श्रेष्ठ,उषा प्रधान,प्रतिभा श्रेष्ठको सहभागिता रहेको छ ।
Miss-Teen-College-2016-talentshow-(18)
फाइनल कम्पिटिसन नाच घर जमलमा भाद्र १९ गते हुने छ प्रतियोगिताका विजेताले ‘मिस टिन कलेज’ को ताज उपाधि सहित रु एकलाख ६५ हजार पर्ने स्कुटर र उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति , साथै अन्य गिफ्टहयाम्पर पाउने छन । फस्ट रनर अपले मोवाइल ट्याव र सेकेण्ड रनर मोवाइल फोन साथै १ वर्षको छात्रावृत्ति र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् । मिस ट्यालेन्ट बाहेक अन्य विभिन्न १६ विधामा पनि सव टाइटल प्रदान गरिने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.