प्युठानका बाढी पहिरो पिडितलाई जीग्री पाँडेको सहयोग


सेलिब्रेटी नेपाल प्युठान
जीग्री पाँडे प्रतिष्ठान नेपालले प्युठान पुगेर बाढी पहिरो पिडितलाई राहत वितरण गरेको छ। भूकम्प पश्चात सामाजीक काममा सक्रिय रहेको प्रतिष्ठानले प्युठानको लुङ ६, बहाने पुगेर बाढी पहिरो पिडितलाई सहयोग वितरण गरेको हो।
jigri-and-pande
हाँस्य कलाकार कुमार कट्टेल (जीग्री), अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरि निरौला (कक्रोज), अशोक धिताल (बाहुन डन), राम थापा लगायतको टोली प्रभावित स्थानमै पुगेर राहात वितरण गरेका हुन्। सय परिवार बाढी पहिरो पिडितलाई एक एक बोरा चामल, म्याट, औषधीलगायतका सामग्री उनीहरुले वितरण गरेका छन्।

म्युजीक भिडियोको पारिश्रमीक १ लाख रुपैँया राहात सामग्री खरिदका लागि खर्च गरीएको कुमार कट्टेलले जानकारी दिएका छन्। आफ्नो पारीश्रमीकमा अन्य सहयोगी हातहरुको सहयोग थप गरेर पहिलो चरण अन्र्तगत प्रतिष्ठानले प्युठानमा राहत वितरण गरेको उनले बताएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.