ज्योति मगर भन्छिन यसपालीको तीजमा दरको साटो रक्सि खाईन्छ(भिडियो)


सेलीब्रेटी नेपाल काठमाडौँ
Jyoti-magar
चर्चित गायिका ज्योति मगरको नयाँ तीज गीत ‘तीजको पाटी’ सार्बजनिक भएको छ । ज्योति मगरको शब्द ,संगीत र स्वर रहेको यस गीतमा दरको साटो रक्सि खाने प्रशंग उठाइको छ । यस गीतको बारेमा गायिका ज्योति मगर यसो भन्छिन :अहिलेको आधुनिक जमनामा एक महिना अघि देखि पाटी प्यालेसहरुमा पाटी दिएर तीजको दर खुवाउने होडबाजी नै चलेको छ, त्यहाँ सबै ठाउमा रक्सि खाईन्छ ,कुरा काटनेहरुले ज्योति मगरले गलत गरि भन्छन होला तर मैले जे देखे त्यहि गीत मार्फत भनेको मात्र हो,फेरी मैले अरुलाई रक्सि खानु पर्छ भनेको पनि छैन, म आफु चाही दर खादा रक्सि खान्छु भनेको हो मात्र हो । शब्द सुन्दा अलि बिबादित जस्तो लागे पनि गीत र भिडियो राम्रो बनेको छ । ज्योति मगरको “तीजको पाटी” बोलको गीतलाई कालिन्चोक डिजिटल नेपालले बजारमा ल्याएको छ । यस भिडियोमा कलकार कविता शर्मा र मोडलहरु ज्योति मगर,सम्झना बुढाथोकी,सरिश्मा मगर लगायत अन्य मोडलहरु राखेर निर्देशक शिव बि.क.ले अरु तीज गीतको भिडियो भन्दा फरक बनाएका छन् ।
हेर्नुस भिडियो :-

Copyright © 2012 - 2026 | All Right Reserved.