कबवेब र रोहितले तताए अष्ट्रेलिया


सेलिब्रेटी नेपाल अस्ट्रेलिया सन्तोष बस्या
austrelia-program
अन्तराष्ट्रिय नेपाली कलाकार समाज क्विन्सल्याण्डको आयोजनामा गत हप्ता अस्ट्रेलियाको ब्रिसबेनमा सम्पन्न भएको कब वेब ब्यान्ड लग्यात रोहीत जङ्ग क्षेत्रीको साङ्गीतिक कार्यक्रममा दर्शकको उल्लेखनिय सहभागीता रहयो । इनास अस्ट्रेलियाको विभिन्न राज्य समितीको पदाधिकारीको बाक्लो उपस्थिती समेत रहेको उक्त कार्यक्रममा ४५० जना बढी दर्शकको सहभागीता रहेको थियो । नेपाली कलाकारीतालाई विश्वभर पहिचान गराउने उदेश्यले स्थापना गरिएको उक्त सस्थाले पछील्लो समय कलाकारिता हकहितका लागी विभिन्न कार्यक्रम गर्दै अाइरहेको छ ।

कार्यपत्र प्रस्तुत सहितको दुई सेशनमा गरिएको कार्यक्रममा इनासको विगत,वर्तमान र अब भविश्यमा गरिने कार्यहरुको तर्जुमा लग्यातका पहिलो शेशनको कार्यक्रम पश्चात आयोजना भएको साङ्गीतिक कार्यक्रमको सुरुवातमा लोकल कलाकार स्यामराज थापा , सलीना आचार्य र लोकेल ब्यान्ड शास्त्रले संगीतका माध्यमद्वरा मनोरन्जन प्रदान गरेका थिए ।
austrelia-programe
पछील्लो समय नेपाली कार्यक्रम बढी हुने शहरमा पर्छ ब्रिसबेन जहाँ गत हप्ता नेपालको चर्चित ब्यान्ड कबवेबले आफ्ना फ्यानहरुलाई संगीतको धुनमा झुमाएको थियो । उक्त कार्यक्रम बाट सहभागीता सङ्गै प्रतिकृया पनि राम्रो आएको इनास क्विन्स्ल्याण्डका महासचिव तथा लोकदोहोरी गायक पूर्ण परियारले जानकारी गराए ।

त्यस्तै कार्यक्रम बोल्दै इनास क्विन्सल्यान्डका अध्यक्ष राजु कानले भोलिका दिनमा पनि आफ्नो कला र अभिनय क्षेत्रको चौतर्फी विकासका लागि संरचनात्मक आधारको पहिचान गरि विभिन्न साधन, क्षेत्रको निरन्तर विकास कार्यमा न्यून रुपमा भएपनि सहयोग पुर्याउने र अस्ट्रेलियामा रहेर नेपाली सस्कृति र रितिरिवाजलाई कलाको माध्यम बाट अन्तराष्ट्रिय स्थरमा चिनाउने बिभिन्न कला क्षेत्रमा रहनु भयका कलाकार हरुको जमघट तथा आपसी सदभाब माया ममता आदानप्रदान गर्दै लाने र आफु भित्र रहेका कला अभिनय र सास्कृतिक एबम सामाजिक बिकास तथा सेवामा सहयोग पुराउदै लाने प्रतिबद्दता व्यक्त गरे ।

यसैगरी इनासको बैठकले नेत्रजुङ्ग पाण्डे र भानु बराललाई केन्द्रिय सदश्यमा मनोनयन गरेको छ । New England कलेज अष्ट्रेलियाको ब्रिसबेनको सहयोगमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता इनास क्विन्स्ल्यान्डका अध्यक्ष राजु कानले गरेका थिए भने कार्यक्रमको सन्चालन सुश्रद्दा प्रधानले गेरिकी थिईन । कार्यक्रम सम्पन्न पार्न प्रत्यक्ष अप्रत्यक्ष रुप्मा सहयोग गर्ने सस्था तथा व्यक्ती लग्यात फोटोग्राफरमा साथ दिने प्यागोडा कृसियनाका सन्चालक बिनोद केसी र अर्को फोटोग्राफर आशिस श्रेष्ठ लाई सस्थाले सम्मान सहित धन्यवाद व्यक्त गरेको थियो ।