सेलिब्रेटी नेपाल काठमाडौँ
नायक बिनय श्रेष्ठ आज बैबाहिक जीवनमा बाँधीदै छन् । ३ वर्ष देखि लामो प्रेम सम्बन्ध आज बिबाहमा परिणत हुँदै छ । गएको भाद्रमा नै इन्गेजमेन्ट गरेको बिनय श्रेष्ठ र एनी थापाको आज हिन्दु परम्परा अनुसार बैबाहिक कार्य सम्पन्न हुँदै छ । गत वर्ष प्रदर्शनमा आएर चर्चित भएको चलचित्र ‘रेशम फिलिली’ नायक विनय ब्यूटि थेरापिस्ट एनीसँगको ३ वर्षे प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् । विनयले आफ्नो बैवाहिक समारोमा नजिकका साथिलाई निम्तो दिएका छन् । विनयको विवाहमा चलचित्र क्षेत्रका उनका नजिकका साथी तथा रंगपत्रकारहरू सहभागी हुने छन् ।