पार्वती राईको छैटौं एकल एल्बम रिसिया सार्बजनिक


सेलीब्रेटी नेपाल काठमाडौँ
चर्चित गायिका पार्वती राई आफ्नो छैटौं एकल एल्बम ‘रिसिया’ लिएर श्रोतामाझ आएकी छन्। उनको यो एल्बम कवि तथा गीतकार भूपाल राई, प्राज्ञ नारदमणि हार्तम्छाली, सांस्कृतिक अभियन्ता जनक राई र संगीतकार मण्डल साम्पाङले आइतबार ललितपुरमा आयोजित कार्यक्रममा संयुक्त रूपमा विमोचन गरेका हुन्।
parbati-rai
एल्बममा भूपाल राई, पेशल राई, नाकिमा, आरडिएस राई रोविन, जानुका राई, भावना परिस्कृत सुनुवार, लालसुन्दर राई शब्द तथा भरत लामा, जितेन राई, विनोद खम्बू, ताराप्रकाश लिम्बू र विक्रम राईको संगीत समेटिएका ११ वटा गीत समेटिएको छ। एल्बमका युगल गीतमा पार्वतीलाई रेवत राई, दौलत राई र विनोद राईले गायनमा साथ दिएका छन्। सो अवसरमा पार्वतीले एल्बममा समावेश तीनवटा गीत प्रस्तुत गरेकी थिइन्। उनलाई गायनमा रेवत राई र दौलत राई, हार्मोनियममा मण्डल साम्पाङ, गिटारमा राजकुमार समाल, बाँसुरीमा पावल थुलुङ र तबलामा यमकुमार समालले साथ दिएका थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.