टीकाको परीचय अब गायीका मात्र रहेन


सेलिब्रेटी नेपाल काठमाडौँ
Tika-prasain
झापा जील्लामा जन्मिएकी टीका प्रसाईं अहिलेको नेपाली संगीत क्षेत्रमा चलेको नाम हो । २०५८ सालमा पहिलो गीत रेकर्ड गरेर सांगीतिक यात्राको थालनी गरेकी टिका २०६१ सालमा झापा बाट काठमाडौँ आएकी हुन् । उनले अहिले सम्म विभिन्न कलेक्सन एल्बम र नेपाली चलचित्रमा पार्श्व गायन गरेर २५० वटा भन्दा बढी गीतमा आफ्नो स्वर दिई सकेकी छिन्। उनले स्वर दिएका थुप्रै गीत हरु चर्चित बनेका छन् भने केहि गीतहरुले मिडियामा स्थान नपाएर ओझेल पनि परेका छन् ।
Tika-prasain-singer
लामो सांगीतिक यात्राको दौरानमा पहिलो सोलो एल्बम निकाल्ने तयारीमा रहेकी गायीका टीका अहिले एल्बमको रेकर्डिङ सकाएर भिडियो निर्माण र एल्बम प्रोमोसनमा जुटेकी छिन्। उनको पहिलो सोलो एल्बमको नाम ‘मेलोडी’ राखेकी छिन् । एल्बममा जम्मा ६ वटा गीत हरु रहेका छन् । एल्बममा समाबेश गीतहरुमा टीका भण्डारी,उदय सोतांग,योगेन्द्र राइ,रमेश खड्का र गायीका टीकाको आफ्नै संगीत रहेको छ । टीका गायीका बाट अब संगीतकार तथा गीतकार पनि बनेकी छिन् उनले दुइ वटा गीतमा आफैले संगीत दिएकी छिन् भने दुइ वटामा शब्द पनि कोरेकी छिन् । धन यक्सो,उदय सोतांग,अमला अधिकारी,योगेन्द्र राइले शब्द कोरेको एल्बम मेलोडीमा रहेको दुइ गीतको म्युजिक भिडियो पनि निर्माण भइ सकेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.