सम्पदाले उमेशलाई विवाहको लागी बोलाए पछी (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
sampada-bania
नेपाली सांगीतिक बजारमा एउटा उदयमान गायकको आगमन भएको छ। झन्डै १३ वर्ष को साधनापछि एउटा फरक प्रतिभालाई लिएर गायक टेकेन्द्र नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन् । २०६६ सालमा ललितकला क्याम्पस बाट B muse (गायन) गरेका गायक टेकेन्द्र आफ्नो साधनामा एकरूपता तरिकाले लागि परेको बताउछन् । संगीत क्षेत्रमा अगाडी बढ्न बाटो देखाउने गुरु चण्डी प्रसाद काफ्लेसंग अझै पनि संगीत सिक्दै छन् । आफ्नो कला र गलालाई विभिन्न ठाउँमा प्रस्तुत गर्दै आफ्नो साधनामा पोख्त भएका गायक टेकेन्द्रले हालै ‘लाएको माया’ बोलको गीतको म्युजिक भिडियो सहित आएका छन् भने गायक टेकेन्द्र चाडै नै बजारमा नयाँ एल्बम ल्याउने तयारीमा पनि छन् ।

एउटा फरक परिवेशको कथावस्तु समेटिएको भिडियोलाई पछिल्लो समयका निकै व्यस्त निर्देशक दिलिप समनले निर्देशन गरेका हुन् कुमार मिश्रको शब्दमा स्वयम् गायक टेकेन्द्रकै संगीत रहेको उक्त म्युजिक भिडियोमा उमेश भट्ट र सम्पदा बानियाँको अभिनय रहेको छ भने टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.