सेलेब्रिटी नेपाल पौष ७- आफ्नो आन्तरिक कारण बताउंदै नेपाल चलचित्र निर्देशक समाजका महासचिव राजेन्द्र उप्रेतीले राजिनामा दिए पछि रिक्त रहेको स्थान महासचिवको जिम्मेवारी दिनेश डिसीलाई दिइएको छ । गत कात्तिक १ गते मनोनित हुदै कार्यसमिति सदस्यमा मनोनित गरिएका डिसीलाई सचिव एम.एस. अग्रजको प्रस्तावमा महासचिव बनाईएको हो । सुक्रबार बसेको कार्य समिति बैठकले सह–कोषाध्यक्ष राजु केसीलाई कोषाध्यक्षको जिम्मेवारी दिएको छ । स्रोतका अनुसार रिक्त डिसीको सदस्य पद र राजुको सह–कोषाध्यक्ष पदमा अर्को पटक बस्ने कार्यसमिति बैठकले उपयूक्त ब्यक्ति चयन गर्नेछ ।
सम्बधित पोस्टहरु
‘परालको आगो’ मा सुहाना अनुबन्धित
काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’ मा आधारित रहेर निर्माण हुने फिल्म ‘परालको आगो’ मा अभिनेत्री सुहाना थापा अनुबन्धित भएकी छन् । फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले...
चलचित्र विकास बोर्डद्धारा ७२ जनालाई विशिष्ट श्रेणीको चलचित्रकर्मीको परिचयपत्र प्रदान
काठमाडौं । चलचित्र विकास बोर्डले ७२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मीको परिचयपत्र प्रदान गरेको छ । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र संचारसचिव राधिका अर्यालले बुधबार विकास बोर्डको हलमा आयोजित...
‘अग्निदहन’ को राजधानीमा प्रिमियर सम्पन्न
काठमाडौं । भोलि शुक्रबारबाट रिलिज हुने फिल्म ‘अग्निदहन’ले बुधबार साँझ राजधानीमा प्रिमियर गरेको छ । प्रिमियरमा फिल्म हेरेपछि अधिकांश फिल्मकर्मीले कथावस्तु मनपरेको प्रतिक्रिया दिए । निर्देशक नारायण रायमाझीले गाउँमा अझै पनि बोक्सी...
नरेश पौड्यालको निर्देशनमा ‘सिलसिला’ बन्ने
काठमाडौँ। नरेश पौड्यालको निर्देशनमा चलचित्र ‘सिलसिला’बन्ने भएको छ। चलचित्र चुनौती,हिरो,धड्कन,अभिमन्यु,दीपशिखा जस्ता चलचित्रको निर्देशन गरि सकेका पौड्यालको निर्देशनमा बन्ने चलचित्र ‘सिलसिला’ को निर्माण...
चलचित्र ‘तेल भिसा’ले कति शोज पायो ?
काठमाडौं । चलचित्र ‘तेल भिसा’ले मल्टिप्लेक्समा सन्तोषजनक शो पाएको छ । शुक्रबार रिलिज हुने चलचित्रलाई देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनले ४७ शो दिएको छ । ‘तेल भिसा’ले काठमाडौं उपत्यकामा २५ र उपत्यका बाहिर २२ शो पाएको हो । यो...
आजदेखि फिल्म साउथ एसिया महोत्सव
काठमाडौं। ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । ललितपुरको यलमाया केन्द्रमा हुने चार दिने महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र र वृत्तचित्र प्रर्दशन गरिनेछन् ।...