पूजाको जीवनसाथीको हट दृश्यहरु कोरियामा छायांकन


सेलिब्रेटी नेपाल काठमाडौँ
Puja-mariaपूजा मारियाको गीति एल्बम ‘जीवनसाथी’ को भी.सी.डी. तयार भएको छ । ४ वटा गीत रहेको उक्त एल्बममा संगीतकार राम सिटौलाको एकल संगीत रहेको छ । ३ वटा गीतमा प्रमोद खरेलको स्वर छ भने एउटामा अन्जु पन्तको आवाज रहेको छ । अन्जुको आवाजमा रहेको गीत लाइ मेल भर्सनमा आनन्द कार्कीले स्वर दिएका छन् । प्रमोद खरेलको साथमा नव गायिका जस्टिना शेर्पाको समेत आवाज समाबेश छ ।

पूजाको उक्त जीवनसाथी एल्बमका सम्पुर्ण गीतको म्युजिक भिडियो सुटिङ कोरियामा धमाधम भैरहेकोछ,२ वटा गीतको सुटिङ सम्पन्न भैसकेको छ ।अन्जु पन्तको स्वर रहेको सुस्तरी सुस्तरी स्पर्श गरेको मायालु हातको सम्झना आउँछ तिमिले छोएको त्यो रातको.. प्रणय बन्धनमा बाधिएका हरेक मायालु जोडी हरुलाई बितेका मायालु पलहरु यादगार बनाउदै जिवन्त राख्ने उदेश्यले कोरिएको यो गीतमा सब्दले मागे अनुसारको दृश्य कलाकार आलिशा सिंहले दिएकी छिन ।
puja-hot
कोरियाको ठूलो युनिभर्सिटी र सिने होटलमा सुटिङ गरिएको म्युजिक भिडियोमा निर्देशन आलिशा सिंहले गरेकी हुन् भने छायांकन अनुराग सापकोटाले गरेका हुन् । भिडियोमा आलिशा सिंहको साथमा कलाकार जीवन राना मगर, र रोहित को अभिनय रहेको छ ।

जीवनसाथी शब्द पढ्न र सुन्न जति प्यारोछ यो एल्बम पनि संगीत प्रेमीहरुको मुटुको ढुकढुकी बन्ने कुरामा गीतकार पुजा बिस्वस्त छिन ।दुइ सय भन्दा बढी गीत गजल हरु लेखिसकेकि पुजा यो एल्बमले दर्शकको मन जित्ने र आफु लाइ स्थापित गर्नेमा आशाबादी देखिएकी छिन । जीवन साथीको भी सी डी चाडै इसारा म्युजिक प्रा.लि. ले सार्बजनिक गर्ने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.