मलेसियामा अनायास बिमोचन


सेलिब्रेटी नेपाल, साजन शर्मा मलेसिया
नेपालीहरुको दोस्रो ठुलो महान चाड शुभ दिपावलीको अवसरमा मगर संघ पेनाङको आयोजनामा दिपावली धमाका साँगीतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको संयोजक मगर संग पेनाङ्ग का सचिव देवान दुखी मगरको सभापतित्वमा भएको हो कार्यक्रमका प्रमुख अतिथि कमल गुरुङ अतिथीहरु एस पि ग्रुपका संयोजक श्री विवेक घिमिरे ,उमेश भट्टराई, साहित्यकार लेखक तथा उदाउँदो साहित्य समाज पेनाङका सदस्य श्री थलिन्द्र भुजेल “उदय” ,नेपाल मुक्तक प्रतिष्ठान शाखा मलेसियाका सहसचिव तथा प्रवासी कलम मलेसियाका महा सचिव श्री शिव सुवेदी , क्षेत्रीय मगर संघ पेनाङका कोषाध्यक्ष श्री पबित्रा थापा मगर गितकार,बद्री घिमिरे, लेखक संगीतकार तथा गायक भेषराज बस्नेत साजन शर्मा रमेस तामाङ मीन कुमार लामा किरात भिम लिम्बू
रहेको उक्त कार्यक्रमको संचालन बद्री घिमिरेले गरेका थिय ।
Malesia-album
कार्यक्रम को पहिलो कोसेली पश्चात् गीति एल्बम “अनायास”को बिमोचन कार्यक्रम भव्य रुपमा गरियो । ११ वटा गित समावेस एल्वममा साहित्यकार तथा गितकार थलिन्द्र भुजेल “उदय” साहित्यकार रिना बोमजन तामाङ गायक भेषराज वस्नेत र वद्री घिमिरेको शब्द रचना रहेको छ । वद्री घिमिरे भेषराज वस्नेत अम्बिका श्रेष्ठ अर्जुन अधिकारीको स्वर रहेको उक्त एल्वममा बद्री घिमिरे भेषराज वस्नेतले संगित भरेका हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.