‘यो मन दुखाउन पाइदैन’ छायाँकन सम्पन्न


(सेलिब्रेटी नेपाल) काठमाडौँ
डा.कृष्णहरि बरालको शब्द तथा गैरे सुरेशको संगीत रहेको र गायिका प्रतिक्षाको आवाजमा रहेको ‘यो मन दुखाउन पाइदैन कुरा लुकाउन पाइदैन’ को भिडियो छायांकन सम्पन्न भएको छ । मनोज रत्न शाहीको निर्देशनमा बनेको भिडियोमा वर्षा सिवाकोटी,लिडिया थापा मगर र देव तामाङको अभिनय रहेको छ शिबराम श्रेष्ठले छायांकन गरेको भिडियो हाल सम्पादनमा रहेको छ ।
Pratikshya-gurung
गायिका प्रतिक्षा गुरुङको पहिलो सोलो एल्बम बजारमा आउने तयारीमा रहेको छ । अब महा भूकम्प पछि नेपालको अवस्था सामान्य बने संगै एल्बमलाइ बजारमा ल्याउने कुरा गायिका प्रतिक्षाले जानकारी दिईन् । टाइम्स म्युजिकले बजार ब्यबस्थापन गर्न लागेको एल्बम ‘प्रतिक्षा’ मा कुल ८ वटा गीत समाबेश गरिने छ । पप,आधुनिक,लोक शैलीका गीतहरु समाबेश गरीएको छ ।
Barsha-siwakoti
बिगत ५ वर्ष देखि संगीतको कक्षा लिई रहेकी प्रतिक्षाको यो पहिले सांगीतिक एल्बम हो उनिले यस भन्दा पहिले विभिन्न स्टेज पर्फर्मेन्सहरु गरि सकेकी छिन् । भबिस्यमा ख्याती प्राप्त गायिका बन्ने लक्ष्यका साथ नेपाली सांगीतिक बजारमा प्रवेश गरेकी गायिका प्रतिक्षा नेपाली संगीतको बजार घटे पनि नेपाली संगीत सुन्ने श्रोताहरु घटेका छैनन भन्छिन् ।