नेपाली संगीतमा उदाउँदो तारा चिरन्जीवी


(सेलिब्रेटी नेपाल) काठमाडौँ
रघुनाथ सापकोटा

नेपाली गीत संगीतको बजार खस्कदै गए पनि यस क्षेत्रमा करिएर बनाउने लक्ष्यका साथ नयाँ प्रतिभाहरुको प्रवेश भने रोकिएको छैन । यसै क्रममा गायक तथा संगीतकार चिरन्जीवी भण्डारीको यो क्षेत्रमा प्रवेश भएको छ । गीतकार शंकर कडेलको ‘सान्नानी’ एल्बमको लागि चिरन्जीविको संगीतमा शिव परियारले स्वर दिएका छन् भने अहिलेका चर्चित अन्य गायक हरुले पनि चिरंजिवि भण्डारीको संगीतमा स्वर दिई सकेका छन् ।
Chiranjiwi-bhandariबिगत ३ वर्ष देखि संगीतमा सक्रीए भण्डारीको सोलो एल्बम ‘माया पिरती’ बजारमा आइ सकेको छ भने उनले विभिन्न कलेक्सन एल्बममा पनि आफ्नो आवाज दिई सकेका छन् । गीत संगीतको बजार घटे पनि गायकहरुले विभिन्न सांस्कृतिक कार्यक्रम हरुमा गायर केहि आम्दानी गर्ने गरेका छन् । गायक चिरंजिवि पनि स्टेज शो हरुमा गाउने गायक मध्येमा पर्न थालेका छन् । उनि भबिस्यमा संगीतमा नै लागि रहने बताउछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.