संगीत साधना हो संगीत आराधना हो गायिका नित्यशिवा


(सेलिब्रेटि नेपाल) काठमाडौँ
सुनसरी प्रकाशपुर् बाट २०५८ सालमा संगीतमा आफ्नो भाग्य खोज्दै राजधानी झरेकी एक नाम हो नित्यशिवा । बाहिर बाट हेर्दा र सजिलो लागे पनि गार्हो र चुनौती हुँदो रहेछ भन्ने लाग्यो उनलाई संगीतको प्रसिक्षण सुरु गरे पछी सुमधुर आवाज र संगीतको ज्ञान भएर मात्रै गायक गायिका बन्न गार्हो लाग्यो उनलाइ जब उनको पहिलो गीति संग्रह चाहना मनको बजारमा ल्याउने कोशिश गरिन म्युजिक कम्पनिहरुले गीत बजारमा ल्याउन पैसा माग गरे उनि संग बार्गेनिंग गरे हामी संगको कुराकानीमा उनले भनिन कम्पनीले दिने पैसा थियन म संग र मेरो पहिलो एल्बम ओझेलमा पर्यो । धैर्य गर्न सके सफल भइन्छ भन्ने उखान चरितार्थ भयो जब उनको पहिलो गीत रेकर्ड भयो ।
Singer-Nitashiwa
चलचित्र रथ मा यादव योगीको संगीतमा उनको गायन रहेको चलचित्र बिधवा प्रदर्शनमा आयो हाल उनको आवाज रहेको चलचित्र गोरे, आरोप, अन्तरंग, के म तिम्रो होइन र,डी एप्पल, देश भक्त सिपाही र सत्या मा उनको आवाज समेटिएको छ । नेपाली चलचित्रमा पार्श्व गायक गायिकाको कमि छ भन्दै विभिन्न निर्माता निर्देशकहरु मुम्बई सम्म पुग्ने प्रचलन थियो अब भने त्यो प्रथामा कमि आएको छ । नेपालमा पनि अब प्रोफेसनल गायक गायिका हरुको कमि छैन अब को केहि बर्षमा स्थापित गायिकाको रुपमा अघि बढने दृढ अठोटका साथ लागि परेकी गायिका नित्यशिवाको भबिस्य उज्वल रहेको छ ।

संगीत साधना बिना संगीत कर्म कहिले पनि सफल बन्दैन हाल उनको दोश्रो गीति संग्रह बजारमा आउने तयारीमा रहेको छ राजेन्द्र श्रेष्ठ र गणेश चौधरीको संगीतमा शंकर अधिकारी घायलको एकल शब्द रहेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.