प्रियंका र सौगात सबै भन्दा चर्चित


(सेलिब्रेटि नेपाल) काठमाडौँ
साप्ताहिक फिल्मी पत्रिकाको रुपमा प्रकाशित हुदै आएको पत्रिका ‘फिल्मी खबर’ ले आफ्नो पाचौ बसन्त पार गरेको उपलक्ष्यमा हिजो राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘फिल्मीखबर बर्ष व्यक्ति (पुरुष र महिला)’ घोषणा गर्नुका साथै सम्मान पनि गरेको छ । कार्यक्रममा ७ बर्ष ३४० दिनको उमेरमा चलचित्र निर्देशन गरेर ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’मा नाम लेखाउन सफल भएको भन्दै पुरुषतर्फ बाल निर्देशक सौगात विष्टलै सम्मान गरेको छ ।
Saugat-Samman
त्यसै गरि यस बर्ष स्क्यान्डल, गसिपका मात्र नभएर सबै भन्दा बढि चलचित्र प्रदर्शनमा आएको भन्दै महिला तर्फ नायिका प्रियंका कार्कीलाई सम्मान गरिएको छ ।
Samman
फिल्मी खबरको छैटौँ बार्षिक उत्सवमा वर्ष व्यक्तिलाई सम्मान गर्दै पत्रिकाले आफ्ना कर्मचारी, सहयोगी तथा विभिन्न व्यक्ति तथा संघ संस्थाका प्रतिनिधिलाई समेत सम्मान गर्यो । सम्पादक शान्तिप्रसाद उपाध्याय(शान्तिप्रिय)ले सुरुमा पत्रिका प्रकाशनमा ल्याउँदा बजारमा ‘फिल्मी खबर’ बिक्छ भन्नेमा विश्वसा नलागेको खुलाए । कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्षहरुले पत्रिका सफलताको शुभकामना दिएका थिए । यो पत्रिका हरेक बिहिबार प्रकाशन हुँदै आएको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.