निर्मलाको रोनासा सार्बजनिक


(सेलिब्रेटि नेपाल) काठमाडौँ
लामो समय देखि बेलायतमा बस्दै आएकी खोटाङकी कवि तथा गीतकार निर्मला राई परिवेशको पछिल्लो गीति एल्बम ‘रोनासा’ बजारमा आएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा परिवेशको दोस्रो एल्बम ‘रोनासा’को नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रष्तिष्ठानका सदस्यसचिव गणेश रसिकले विमोचन गरे ।
Ronasha-Rai-Paribesh
यसअघि ‘रोशनी’ र ‘परिवेशका पाइलाहरू’ गीतसंग्रह प्रकाशित गरिसकेकी परिवेशको ‘रोनासा’भित्र सातवटा गीत समाबेश गरिएका छन् । जसमध्ये तीनवटा गीतको म्युजिक भिडियो समेत तयार भएको छ । एल्बममा ‘मैले आफैलाई’, ‘धेरै जन्म’, ‘तिम्रो निर्दोष मनले’, ‘मुटुको त के कुरा’, ‘प्रयणपे्रमी’ र ‘शिरमा सगरमाथा’ बोलका गीत रहेका छन् । एल्बममा राजेशपायल राई, ताराप्रकाश लिम्बू, आनी छोइङ डोल्मा, रजिना रिमाल, सुमन सरगम, प्रविशा अधिकारीको स्वर सजिएको छ भने हरि लम्साल, न्हु बज्राचार्य, ताराप्रकाश लिम्बू, सुरेश अधिकारी र महेश खड्काको सङ्गीत रहेको छ ।