दोस्रो अन्तराष्ट्रिय फिल्म फेस्टिवल सुरु


(सेलिब्रेटि नेपाल) काठमाडौँ
नेपाली फिल्म सोसाइटिले काठमाडौँमा दोस्रो पटक अन्तराष्ट्रिय फिल्म फेस्टिवल (किफ) सुरु गरेको छ । सोमबार देखि कमलपोखरी स्थित रसियन कल्चर सेन्टर सुरु भएको कार्यक्रमलाई वरिष्ठ नेपाली फिल्म निर्देशक बि.एस. थापा तथा नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्द सहित रुस, इजरायल, साउथ कोरिया, युरोपियन युनियनका राजदुत एवं भारत, डेनमार्क, स्वीट्जरल्यान्डका प्रतिनिधिहरुले महोत्सवको सामुहिक शुभारम्भ गरेका थिए ।
Films-Festival
माघ २३ गतेसम्म चल्ने महोत्सवमा प्रत्यक दिन एउटा एउटा नेपाली चलचित्र देखाइने आयेजकले बताइको छ । महोत्सव आयोजकका अनुसार महोत्सवमा रुस र स्वीजरल्यान्डका दुई–दुई र भारत, दक्षिण कोरिया, इजरायल, स्पेन, फ्रान्स, नर्वे, स्लोभाकिया र डेनमार्कका एक–एक फिल्म देखाइनेछ । नेपालका तर्फबाट भने ‘डा खाते’, ‘काठमाडौं’, ‘पल’ र ‘भीमदत्त’ पनि महोत्सवमा देखाइनेछ । महोत्सवको उद्घाटनमा नवराज बुढाथोकी निर्देशित ‘वनफूल’ देखाइयो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.