माग्ने र तक्मे बुढा छुट्टिए पछि तनाबमा


(सेलिब्रेटि नेपाल) काठमाडौँ
गाउँले परिवेशमाथि आधारित हास्य शृङ्खला ‘मेरी बास्सै’ यतिबेला तनावमा रहेको छ । पछिल्लोपटक यो सिरियलबाट माग्नेबुढा र तक्मेबुढा अलग्यपछी यो सिरियल हेर्ने दर्शकहरूको सङ्ख्यामा कमी आउन थालेको छ । हरेक चरित्रमा धुर्मुस अर्थात् सीताराम कट्टेल मात्र दोहोरिने गरेका कारण दर्शकमा मनोटोनस हुन थालेपछि मेरी बास्सैको क्रेज घट्दा टेलिभिजन र विज्ञापन एजेन्सी यतिबेला तनावमा रहेका छन्।
Takme-&-magne-budha
यता मेरी बास्सैको अवस्था यस्तो छ भने अर्कोतर्फ यस्तै गाउँले परिवेशमाथि आधारित अर्को सिरियल भद्रगोल आएपछि मेरी बास्सैलाई धक्का दिन थालेको छ । नयाँ–नयाँ थेगो र प्रस्तुतिका कारण भद्रगोलले मेरी बास्सैलाई बिर्साउने त होइन भन्ने चर्चा बजारमा तातेको छ। त्यसमाथि मेरी बास्सैका सीताराम कट्टेलका सहोदर भाइ भद्रगोलका ‘जिग्री’ को भूमिका निभाउने कुमार कट्टेलबीचको ‘इगो’ले पनि भद्रगोल युनिटलाई जसरी पनि मेरी बास्सैभन्दा राम्रो बनाउनुपर्ने चुनौती थपिनुले पनि भद्रगोलमा बढी मिहिनेत देखिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.