‘पाँच पाण्डव’को गीतमा हरिवंशदेखि इभासम्म


सेलिब्रेटी नेपाल । चलचित्र ‘पाँच पाण्डव’को गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक ‘राजा चाहिया छ’ बोलको गीतमा एलिना चौहान, सुरेश लामा र ध्रुव बिकको स्वर छ ।

सशी शर्मा मजगैैँयाको शब्द रहेको गीतमा संगीत अर्जुन पोखरेलको छ । गीतले घरजम गर्नका लागि एक उपयुक्त युवक चाहिएको विषय उजागर गर्छ ।

क्यासिनोमा नाच्ने हट एन्ड ब्युटी युवतीले आफूलाई एक असल युवक चाहिएको बताइरहेको प्रसंगको सेरोफेरोमा गीत बनाइएको छ ।

गीतको भिडियोमा इभा गिरीको नृत्य छ । उनको बोल्ड नृत्यमा साथ दिएका छन्, सिनेमाका मुख्य कलाकार हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल र विनोद न्यौपानेले ।

यही कात्तिक २० गतेबाट प्रदर्शन हुने चलचित्रलाई बसन्त निरौलाले निर्देशन गरेका छन् । ‘पाँच पाण्डव’मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन् ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल लगायतको पनि मुख्य भूमिका रहेको छ ।

यो चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । चलचित्रको निर्मातामा काली रानी श्रेष्ठ छिन् ।

बसन्त निरौलाको निर्देशन रहेको चलचित्र ‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । यो चलचित्रलाई श्याम तामाङले खिचेका छन् । चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन तथा फाइट डाइरेक्टरमा सम्राट बस्नेत छन् । गम्भीर विस्ट र विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ ।

रङ्ग सम्पादन, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको बिजिएम, पुकार धिमालको भिएफएक्स, रोहित राज गौतम एचओपी र बिष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेका छन् ।

चलचित्र ‘पाँच पाण्डव’ तिहारको छेको पारेर कार्तिक २० गते देखि रिलिज हुँदैछ । चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । यो चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्नेछ ।

Copyright © 2012 - 2026 | All Right Reserved.