विजय र पूजाले सुरु गरे ‘रत्यौली’को छायांकन

पूजा शर्माको प्रस्तुतिमा तयार हुन लागेको चलचित्रका निर्माता सुरज आचार्य हुन्


काठमाडौँ। मुस्कान ढकालको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘रत्यौली’को छायांकन आजबाट सुरु भएको छ । मंगलवार पशुपति क्षेत्रमा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । २ दिनसम्म काठमाडौंमा चलचित्र खिचेर यसको टिम दोलखाको जिरी प्रस्थान गर्नेछ । जिरीमा एक महिना छायांकन हुने निर्माणपक्षले जानकारी दिएको छ । नाइटेङ्गल इन्टरटेनमेन्ट र पूजा शर्मा प्रोडक्सनको संयुक्त व्यानरमा निर्माण हुने चलचित्रमा विजय बराल, पूजा शर्मा, लक्ष्मी बर्देवा, अर्जुन देवसन, सम्रान्त थापा, निर्भिक भण्डारी, अल्बिन श्रेष्ठ, कायरा कार्की, सुनिल तामाङ, माया थामी, सन्ध्या नेपाल, संगीता थापा मगर, सानू पाण्डेय, एभोन राज उप्रेती, कल्पना थापा लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

नायिका पूजा शर्माको प्रस्तुतिमा तयार हुन लागेको चलचित्रका निर्माता सुरज आचार्य हुन् । हरि हुमागाँई र उत्तम हुमागाँइको डीओपी रहने चलचित्रका मुख्य सहायक निर्देशक सुनिल निउरे हुन् । दीपेन्द्र गौतम ‘माइकल’ प्रोडक्सन म्यानेजर रहेको चलचित्रमा अर्जुन पोखरेल र सुरेश अधिकारीको संगीत रहनेछ । नेपाली समाज, सम्बन्ध र संस्कृतिलाई मुख्य केन्द्रमा राखेर तयार हुन लागेको यो चलचित्र फागुनको २१ गतेबाट रिलिज गरिने घोषणा निर्माणपक्षले गरिसकेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.