‘नेपाल डे परेड २०२६’ मा अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी अमेरिकाको गरिमामय सहभागिता


सनफ्रान्सिस्को। गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यालिफोर्निया शाखाद्वारा आयोजित “नेपाल डे परेड २०२६” मा अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी अमेरिका, सान फ्रान्सिस्को च्याप्टरले आकर्षक, सभ्य तथा प्रभावशाली सहभागिता जनाएको छ। नेपाली कला, संस्कृति र राष्ट्रिय पहिचानलाई विश्वमाझ प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा सेफ सोसाइटीको उपस्थिति विशेष आकर्षणको केन्द्र बनेको थियो।

सनफ्रान्सिस्को च्याप्टरका अध्यक्ष दीपक भुसालका अनुसार यस वर्षको सहभागिता उत्साहजनक मात्र नभई नेपाली समुदायबीच एकता, भाइचारा र सांस्कृतिक गौरव झल्काउने अवसरका रूपमा सफल रह्यो।

कार्यक्रमलाई सफल बनाउन क्यालिफोर्नियास्थित विभिन्न सामाजिक अभियन्ता, व्यवसायी तथा समुदायका अगुवाहरूको उल्लेखनीय भूमिका रहेको थियो। कार्यक्रम संयोजक लक्ष्मण सापकोटाले सम्पूर्ण संघसंस्था, स्वयंसेवक तथा समुदायको सक्रिय सहयोगका कारण परेडलाई अझ भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न सफल भएको बताए। ४५ वटा देशमा फैलिएको अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीले यहि जेठ १ र २ गते झापामा फुड फेस्टिभलको आयोजना गर्दैछ उक्त कार्यक्रमको सफलताको लागी सेफ सापकोटाले शुभकामना व्यक्त गरे। अर्को हप्ता न्युयोर्कमा हुने कार्यक्रममा पनि सेफ सोसाइटीको सहभागिता रहने सापकोटाले बताए ।

कार्यक्रममा सहभागी सेफ लक्ष्मण सापकोटाले नेपाल डे परेडमा सहभागी हुन पाउनु आफ्नो लागि गर्व र सौभाग्यको विषय भएको उल्लेख गरे। कार्यक्रममा उपस्थित पाहुनाहरुलाई सेफ सोसाइटीले नेपाली खाना खुवाएको थियो। उपस्थित सबैले नेपाली खाना र स्वादको तारिफ गरेका थिए।

नेपाल डे परेड २०२६ मा सेफ विवेक जंग तामाङ, सेफ सरूफ मन्सुर, शोभ थापा तथा सुरेश धमला,रामचन्द्र हुमागाईं,अमर गुरुङ,राम प्याकुरेल सोसाइटी सल्लाहकार राजु बस्नेत लगायतको पनि उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका आयोजक केपी ढकालले नेपाल डे परेड २०२६ लाई सभ्य, समावेशी, भव्य तथा ऐतिहासिक रूपमा सम्पन्न भएको जनाउँदै सहभागी सम्पूर्ण संघसंस्था, सहयोगी हातहरू तथा नेपाली समुदायप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

अमेरिकामा बसोबास गर्ने नेपाली समुदायबीच एकता, सांस्कृतिक संरक्षण र राष्ट्रिय पहिचानको सशक्त सन्देश फैलाउन सफल नेपाल डे परेड २०२६ नेपाली गौरवको प्रेरणादायी उत्सवका रूपमा सम्पन्न भएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.