सौगात र अनुको ‘कसम खाए’ मा रमेश र संगीता (भिडियो)


काठमाडौँ । गायक सौगात जङ्ग थापाको नयाँ गीत ‘कसम खाए’ यतिबेला टिकटकदेखि युट्युबसम्म चर्चा बटुल्न सफल भएको छ। प्रेमभावले भरिएको यस गीतका शब्द अभिनाश थापाले रचना गरेका हुन् भने गीतमा सौगात जङ्ग थापा र अनु चौधरीको मधुर स्वर सुन्न सकिन्छ।

गीतको संगीत स्वयं गायक सौगात जङ्ग थापाकै रहेको छ। विशाल निरौलाले एरेञ्ज गरेका यस गीतलाई रञ्जन राईले मिक्सिङ गरेका हुन्।

गीतको म्युजिक भिडियोमा रमेश विश्वकर्मा र उनकी श्रीमती संगीता श्रेष्ठ फिचर्ड छन्। भिडियो मुस्ताङ जिल्लाका विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको हो। आकाश श्रेष्ठको छायांकन रहेको भिडियोको सम्पादन शिलन लम्सालले गरेका छन् भने निर्देशन रमेश विश्वकर्मा स्वयंले गरेका हुन्।

युवा पुस्ताको सफल प्रेमकथा र वैवाहिक बन्धनमा बाँधिएको जोडीको भावनात्मक यात्रा प्रस्तुत गरिएको यस गीतले दर्शक–श्रोताको मन जितिरहेको छ। गीतले राम्रो प्रतिक्रिया पाइरहेकामा गायक थापा उत्साहित देखिएका छन्। उनले आगामी दिनमा अझै धेरै माया पाउनेमा आफू आशावादी रहेको बताएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.