मनिल र मान्शी फिचर्ड ‘मेरो घरको मुन्तिर’ सार्वजनिक(भिडियो)


काठमाडौं। मोडल मनिल तामाङ र मान्शी शर्मा फिचर्ड म्युजिक भिडियो ‘मेरो घरको मुन्तिर’ सार्वजनिक गरिएको छ। अर्नभ फिल्म्स प्रोडक्सनको प्रस्तुतिमा बनेको उक्त भिडियोलाई निर्देशक राजेन्द्र बस्नेतले निर्देशन गरेका छन्।

भिडियोलाई छायांकन डम्बर राई, कोरियोग्राफी सुरेश पाण्डे, मेकअप प्रीया नगरकोटी र सम्पादन टेकेन्द्र शाहले गरेका हुन्। भिडियोलाई उत्कृष्ट बनाउने सबै प्राविधिक टिमको समन्वय प्रशंसनीय देखिन्छ।

गीतमा गायक आनन्द कार्कीको स्वर रहेको छ भने शब्द दिपक सापकोटाले लेखेका हुन्। संगीत तथा एरेन्ज कमल अधिकारीको रहेको छ।
भिडियो कमल अधिकारीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

मुख्य अभिनेता मनिल तामाङ यसअघि ‘ड्रिम गल’, ‘चुरिफुरी’, ‘गोर्खा वारियर’, ‘डार्क एन्ड लाइट’ र ‘गोजि रित्तै’ जस्ता चलचित्रमा अभिनय गरिसकेका छन्। उनीले अझै दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा आफ्नो उपस्थिति जनाइसकेका छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.