काठमाडौँ। नयाँ नेपाली गीत ‘तन मन धन’ सार्वजनिक गरिएको छ। गायक सबिन सुवेदीको आवाजमा सजिएको उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो। गीतमा सत्यराज चौलागाईं (SRC) ले लेखेका शब्द र डीबी लामाको संगीत रहेको छ।
गीतलाई विशाल निरौलाले एरेन्ज गरेका छन् भने म्युजिक भिडियोमा कमल भण्डारी फिचर्ड छन्। मिलन शंकरले छायांकन गरेको भिडियोमा, ड्रोन गणेश सापकोटाको रहेको छ।
भिडियोको सम्पादन तथा निर्देशन नेत्र गुरुङले गरेका हुन्। गीतको सम्पूर्ण निर्माण जिम्मा प्रोड्युसर सुदिप घिमिरेले सम्हालेका छन्।
प्रेम भावनामा आधारित प्रस्तुतिमा अभिनय, सिनेमेटोग्राफी र संगीतले भावअनुसार समन्वय मिलाएको निर्माणपक्षको दाबी छ। भिडियो सत्यराज चौलागाईंको अफिसियल यु ट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। गीतकार तथा निर्देशक सत्यराज केहि समय देखि अस्ट्रेलिया बस्दै आएका छन्। भिडियो युट्युबमा सार्वजनिक भएसँगै दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया आइरहेका छन्।