काठामाडौ । सदावहार लोकप्रिय गीत ‘धोका दियौ तिमीले’ नयाँ भर्सनमा रोशन राईको स्वरमा सार्वजनिक गरिएको छ । लुङ्टो क्रियशनको प्रस्तुती रहेको गीतलाई एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।
३५ वर्ष अगाडी सार्वजनिक भएको ‘धोका दियौ तिमीले’ गीतलाई प्राज्ञ, वरिष्ठ संगीतकार शान्तिराम राईले संगीत गरेका हुन् । यो गीतमा वरिष्ठ गीतकार बुद्धवीर लामाको शब्द रहेको छ । ३५ वर्ष पुरानो मेल भर्सनमा सरोज कुमार श्रेष्ठको स्वर रहेको थियो भने फिमेल भर्सनमा वरिष्ठ गायिका सुक्मित गुरुङको स्वर रहेको थियो । यस गीतलाई देवेश राईले एरेञ्ज गरेका हुन्, भने किश्वर थापाले मिक्सिङ मास्टरिङ गरेका छन् । अमर श्रष्ठा स्व. विक्रम राई प्रती समर्पित गीतको एडिसनल संगीत विक्रमले नै गरेका हुन् । गायिका मेलिना राईको स्वर रहेको छ ।
निर्देशक राजेश पुमा राईले निर्देशन गरेको म्युजिक भिडियोमा एक प्रेमिल जोडीको विछोड र धोकाको कथा देखाइएको छ । गीतको भाव अनुसार बनेको म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र गायक स्वयम रोशनको अभिनय देख्न सकिन्छ ।