‘ऊनको स्वीटर’को ‘काफ्ले’ सार्वजनिक, गीतमा समाजको यथार्थ


काठमाडौं। नेपाली फिल्म ऊनको स्वीटर को ‘काफ्ले’ गीत सार्वजनिक गरिएको छ। फिल्म वैशाख २६ गतेदेखि विश्वभर प्रदर्शनमा आउने तयारीमा छ।

मंगलबार बिग मुभिज, काठमाडौंमा आयोजित कार्यक्रममा गीत सार्वजनिक गरिएको छ । युवराज काफ्लेको शब्द, झुमा लिम्बूको संगीत तथा झुमा लिम्बू र सुजन चापागाईंको स्वरमा तयार भएको गीतले फिल्मको यथार्थवादी स्वाद बोकेको छ।

निर्देशक नवीन चौहानका अनुसार ‘काफ्ले’ गीत केवल मनोरञ्जन होइन, समाजको प्रतिनिधि हो। “फिल्म दुई घण्टाको म्युजिक भिडियो होइन, यथार्थ झल्काउने कथा हो,” उनले भने। फिल्ममा विपिन कार्कीले ‘धरणीधर काफ्ले’को भूमिका निभाएका छन्। उक्त चरित्रका लागि काफ्ले समुदायको संस्कृतिसम्बन्धी अध्ययन गरिएको थियो।

गीतकार युवराज काफ्लेले आफ्नो थरलाई गीतमार्फत ब्रान्ड बनाउने पुरानो सपना पूरा भएको बताए। संगीतकार लिम्बूका अनुसार गीत उनको बाल्यकालसँग जोडिएको छ भने गायक चापागाईंले गीतलाई विभिन्न रङका धागाले बुनेको ‘ऊनको स्वीटर’ सँग तुलना गरे।

कार्यक्रममा झुमा र सुजनले गीत प्रत्यक्ष प्रस्तुत गरे। अभिनेता विपिन कार्कीले स्कुले जीवनसँग जोडिएको अनुभव सुनाए भने मिरुना मगरले गीतसँगको भावनात्मक सम्बन्ध व्यक्त गरिन्। विल्सन विक्रम राईले फिल्मलाई आफ्नो ‘लक्की टाइम’ भने।

आर्टमाण्डू प्रालिको ब्यानरमा बनेको फिल्ममा विपिन कार्की र मिरुना मगरसँगै विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल, माओत्से गुरुङ, भावना खपाङ्गी लगायतको अभिनय छ। चौहान निर्देशित फिल्ममा सुरज कटुवाल सह–लेखक छन्।

समारोहमा आर्टमाण्डूको परिचय भिडियोसमेत प्रस्तुत गरिएको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.