‘कुस्ती’ फिल्मको छायांकन समाप्त, दिकिला शेर्पाको डेब्यु


काठमाडौं। फिल्म ‘कुस्ती’ को छायांकन काठमाडौं र वरपर सम्पन्न भएको छ। निर्देशक अनिल योञ्जनका अनुसार, ३९ दिनमा सबै दृश्य खिचिसकिएको र गीत मात्रै बाँकी छ।

फिल्म प्रेम र स्वभावका भिन्नताले टाढा हुने तर सँगै बस्न नपाउने जोडीको संघर्षको कथा हो। निर्देशकले भने, “कुस्ती एक भावनात्मक यात्रा हो, जसमा हास्य पनि मिसिएको छ।”

धीरज मगर र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्ममा ‘स्प्लिट्सभिल्ला’ सिजन ५ की दिकिला शेर्पाले नेपाली सिनेमा डेब्यु गरिरहेकी छन्।

अन्तर्राष्ट्रिय वितरकबाट प्रदर्शन अधिकारको प्रस्ताव आएका छन् र फिल्म विदेशमा पनि प्रदर्शन हुने सम्भावना छ। फिल्मको प्रदर्शन २०८२ को भदौमा हुनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.