शिशिर थोकरको तामाङ गीत एसी डिलक्स टि’ सार्वजनिक (भिडियो)


काठमाडौँ। नेपाल बिभिन्न कला संस्कृति र भाषा भाषीको धनी देश हो । यहाँ बिभिन्न जात जातीका आ-आफ्ना मातृभाषाहरु छन्। धेरै जनासंख्या भएको जातीमा पर्ने जाती हो तामाङ। तामाङ भाषामा थुप्रै सिनेमाहरु बन्ने गरेका छन् भने तामाङ गीतहरु पनि बेला बेला सार्वजनिक भई रहन्छन्। शिशिर थोकर तामाङ र सरिना तामाङको स्वरमा नयाँ तामाङ गीत सार्वजनिक गरिएको छ।

सार्वजनिक ‘एसी डिलक्स टि’ बोलको गीतमा शिशिर थोकर तामाङको शब्द तथा संगीत रहेको छ। राज किङ्ग वाइवाले निर्देशन गरेको भिडियोलाई देव दोर्जे लामाले छायांकन,राज किङ्ग वाइवाले सम्पादन र जोन राईले कलर संयोजन गरेका छन्। भिडियोमा शिशिर थोकर तामाङ,जितमान तामाङ,सिशुषा हिम्रुंग,डोल्मा लामा फिचर्ड छन्। भिडियो शिशिर थोकर इन्टरटेन्टमेन्ट च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.