‘आउटलः दफा २१९’ अब हिन्दीमा पनि, अन्तर्राष्ट्रिय प्रदर्शनको तयारी


काठमाडौं। नेपाली फिल्म ‘आउटलः दफा २१९’ अब हिन्दी भाषामा पनि रिलिज हुने भएको छ। अमित अग्रहरिको निर्माण तथा विक्की महर्जनको लेखन र निर्देशनमा बनेको यो एक्सन ड्रामा फिल्मलाई हिन्दीमा डब गरिसकिएको छ। निर्माता अग्रहरिका अनुसार हलमा प्रदर्शन गर्ने वा ओटीटीमार्फत रिलिज गर्ने विषयमा छलफल जारी छ।

फिल्मको हिन्दी भर्सनमा ‘केजीएफ’ लगायत चर्चित दक्षिण भारतीय सिनेमाका डबिङ कलाकारहरूले आवाज दिएका छन्। हिन्दी ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

नेपालमा सुपरहिट, अब विश्वभर प्रदर्शन
नेपाली हलहरूमा राम्रो व्यापार गरिरहेको यो फिल्मलाई दर्शकले विशेषगरी एक्सन दृश्यका कारण मन पराएका थिए। नेपालमा राम्रो प्रतिक्रिया पाएपछि अब यो फिल्म यूरोप, बेलायत, अष्ट्रेलिया, अमेरिका, जापान, कतार, दुबई लगायतका देशहरूमा पनि रिलिज हुने भएको छ।

फिल्ममा सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारीलगायतका कलाकारहरूको अभिनय छ। सम्पादन साहिल खानले गरेका छन् भने एक्सन कोरियोग्राफी चुल्ठे काजी र छायांकन नविन गुरुङले गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.