चलचित्र ‘खेल’को ट्रेलर सार्वजनिक, रहस्य र इतिहासको मिश्रण


काठमाडौं । वैशाख १२ गते प्रदर्शन हुने चलचित्र ‘खेल’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी, र भोलाराज सापकोटाको अभिनय देख्न सकिन्छ।

चलचित्रमा शिक्षकले विद्यार्थीलाई काठमाडौंको इतिहास पढाएको दृश्य, अन्धविश्वास, रोगको प्रकोप, कालो जादु, मित्रता र असमझदारीका विषय समेटिएका छन्। ट्रेलरमा पुराना कलाकृति, रहस्यमय घटनाहरू, र अस्वाभाविक व्यवहारले रहस्य र डरको संकेत दिन्छ।

अनुराग प्रधान र आस्था श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्र सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण गरिएको हो। कथा आशिषराज महर्जनले लेखेका हुन् भने पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पारेका छन्। चलचित्रको वितरण डिसिएनले गर्नेछ।

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.