पाँच वर्षपछि बन्यो ‘जेल पनि सहुँला’ को सिक्वेल


काठमाडौँ । पछिल्लो समय गीत संगीतको पनि सिक्वेल र रिमेक बन्ने क्रम बढेको छ । यस्तैमा पाँच वर्ष अघिको हिट गीत ‘जेल पनि सहुँला’ को सिक्वेल सार्वजनिक भएको छ ।

‘जेल पनि सहुँला २’ नाम दिइएको गीतमा गायिका मेलिना राई र गायक बलबहादुर राजवंशीको स्वर छ । गीतको भिडियोमा रियल जोडी अभिनेता जीवन भट्टराई र अभनेत्री लक्ष्मी बर्देवाको अभिनय छ । गीतको भिडियोमा शिक्षिका र कार्यालय सहयोगीको प्रेम देखाइएको छ ।

अघिल्लो गीतमा उनीहरु प्रेममा सम्बन्धमा स्थापित भएको देखाइएको थियो । यसमा भने उनीहरुले प्रेम सम्बन्धलाई पूर्णता दिन सहर छिरेको देखाइएको छ । भिडियो जीवन र लक्ष्मीले नै निर्देशन गरेका हुन् । यो जोडीले अहिलेसम्म करिब चार दर्जन म्युजिक भिडियोमा सहकार्य गरेका छन् । भिडियोको छायाँकन बुद्द थापाले गरेका हुन्। भिडियोलाई बिष्णु खड्काले सुन्दर कलर संयोजन र सम्पादन गरेका छन्।

गीतलाई दर्शकबाट धेरै माया पाएकाले सिक्वेल निर्माण गरेको निर्देशकसमेत रहेकी लक्ष्मी बताउँछिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.