‘सत्यवीर’को मुख्य भूमिकामा अभिनेता प्रकाश


काठमाडौं । विराज खड्काको डेव्यु निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘सत्यवीर’मा अभिनेता प्रकाश शाह अनुबन्धित भएका छन् । ‘लभ स्टेशन’, ‘साङ्लो’ र पछिल्लो रिलिज सिनेमा ‘रावायण’ का प्रमुख खलपात्र शाहलाई सोमबार अनुबन्धित गरेको जानकारी निर्माण टिमले दिएको हो ।

आफ्नो अभिनय रहेका सिनेमामा भिन्नभिन्न अवतारमा देखिएका शाह यो सिनेमाको मुख्य कलाकारमा अनुबन्धित भएको निर्माण कम्पनी गडरेज पिक्चर्स प्रालीले जनाएको छ ।

क्राइम थ्रीलर कथा प्रस्तुत गर्ने सिनेमामा यस अघि अभिनेता प्रदीप चौधरीको लुक्स सार्वजनिक गरेको निर्माण टिमले सिनेमाको पूर्ण कास्टिङ लाइनअप सार्वजनिक गरेको छैन । ‘सत्यवीर’को निर्माता आदेश सुब्बा हुन् ।

सिनेमा आगामी डिसेम्बरबाट फ्लोरमा जानेछ । यो सिनेमामा ४० प्रतिशत दृश्य भिएफएक्स रहने जानकारी निर्देशक खड्काले दिएका छन् । बाँकी ६० प्रतिशत दृश्य काठमाडौं र चितवनमा गरिनेछ । ‘सत्यवीर’को कथा अभिनेता प्रदीप चौधरीले लेखेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.