सिनेमा आर्टको सिनेमा ‘फेरि रेशम फिलिलि’ को मुहर्त संगै छायांकन सुरु


काठमाडौं । सिनेमा आर्टसको प्रस्तुतिमा बन्न लागेको सिनेमा ‘फेरि रेशम फिलिलि’को शुभ मुहर्त संगै छायांकन सुरु भएको छ । निर्माणपक्षले आज शुभमुहूर्त गर्दै छायांकन सुरु गरेको हो ।शुक्रबार अफिसियल घोषणा गरिएको सिनेमाको आज शुभमुहूर्त गर्दै छायांकन पनि आजैबाट सुरु गरिएको निर्माता रौनक बिक्रम कडेलले जानकारी दिए ।

सिनेमाको लेखन तथा निर्देशन निरोज महर्जनले गर्दैछन् । सिनेमामा विनय श्रेष्ठ, कामेश्वर चौरसिया, सुपुष्पा भट्ट, नीर शाह, रवीन्द्र झा, प्रकाश घिमिरे, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती लगायत कलाकारको अभिनय रहनेछ । ९ बर्ष अघि प्रदर्शनमा आएको सिनेमा ‘रेशम फिलिलि’ को सिक्वेलको रुपमा ‘फेरि रेशम फिलिलि’ बन्न लागेको हो।

रौनक विक्रम कडेल निर्माता रहेको सिनेमामा कार्यकारी निर्माता सुरज बम ठकुरी छन् । सिनेमाको सहनिर्माता एनी थापा हुन् । सिनेमा आर्टसको प्रस्तुति रहने सिनेमा दि मोसन पिक्चर्सको सहकार्यमा बन्न लागेको हो ।

सुजन प्रजापतिको छायांकन रहने सिनेमाको सम्पादन सुरेन्द्र पौडेलले गर्नेछन् । पटकथा निरोज महर्जन र आकाश बरालको रहेको सिनेमामा संगीत कालीप्रसाद बास्कोटा, एसीडी योगी, हर्क साउद, कल्याण सिंह, जयन वाइवा र दीपक शर्माको रहेको छ ।