वृत्तचित्र ‘गल्कोट’ को पोखरामा बिशेष प्रदर्शनी


काठमाडौँ। गण्डकी प्रदेशकै एक उत्कृष्ट पर्यकटिय गन्तब्य वाग्लुङ्ग जिल्लाको ऐतिहासिक गल्कोट क्षेत्रको धार्मिक, सांस्कृतिक, शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, पर्यटन, लगायत भैतिक पूर्वाधारको विकासका बिषयहरुलाई समेत समेटी तयार गरिएको वृत्तचित्र ”गल्कोट अ ल्याण्ड विथ हिडन ग्लोरी” को पोखरामा बिशेष प्रदर्शन सम्पन्न भएको छ।

असोज ८ गते गलकोट समाज पोखराको आयोजनामा पोखरा महानगर १४ चाउथे स्थित समाजको आफ्नै भवन गलकोट समाज घरमा गलकोट घर भई हाल पोखरामा बसोबास गर्ने गल्कोटेहरुको उत्साहपूर्ण उपस्थितिमा एक कार्यक्रमको बीच ८० मिनेट लामो वृत्तचित्र प्रदर्शन गरिएको हो।

वृत्तचित्र मार्फत गलकोट क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक र पर्यटकीय सम्पदालाई चिनाउन महत्वपूर्ण योगदान गरेको भन्दै कार्यक्रममा गलकोट समाज पोखराका अध्यक्ष राधिका खत्रीले वृत्तचित्रका निर्माता तथा सम्पादक ध्रुवराज पराजुलीलाई सम्मान गरिन् ।


गलकोट समाज पोखराका सचिव तथा उक्त्त वृत्तचित्र प्रदर्शनी कार्यक्रमका संयोजक बविन नेपालले कार्यक्रम सफल भएको र आगामी दिनमा पनि समाजले यस्ता गतिबिधिलाई निरन्तरता दिने बताए । अन्तराष्ट्रिय गलकोट समाजका संयोजक बेलु काजि थापाले वृत्तचित्रले गलकोट क्षेत्रको समग्र पक्षको उजागर गरेकोले भोलिका दिनमा गलकोट बासीलाई यसको अझ महत्व हुने र यस वृत्तचित्रले गलकोटमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन समेत सहयोग हुने कुरा बताए । वृत्तचित्र हेरिसकेपछि दर्शकहरुले पनि यो राम्रो बनेको र सबैले हेर्नुपर्ने प्रतिक्रिया दिएका थिए।

४ वर्ष लामो मेहनतमा यु एस वि सेवाको ब्यानरमा बनेको ऐतिहासिक वृत्तचित्रलाई हाल जापानमा बसेर कलाकारिता गर्दै आएका गलकोटकै आकाश युएसवि थापाले निर्माण तथा निर्देशन गरेका हुन्। यस अघि जापानको विभिन्न सहरमा ‘गलकोट’ डकुमेन्ट्रीको सफल प्रदर्शन भैसकेको छ भने आगामी दिनमा अन्य देशहरुमा साथै नेपाल भित्र पनि बिभिन्न शहरहरुमा प्रदर्शन गर्ने तयारी भैरहेको निर्माता ध्रुवराज पराजुलीले जानकारी गराए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.