करण र नितुको ‘काँडा भएनि’ मा मलिका


काठमाडौ । द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राई र मोडल मलिका महत फिचर्ड ‘काँडा भएनि’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘काँडा भएनि’ बोलको गीतमा करण र गायिका नितु पुनको स्वर रहेको छ । थुग्तेन डुक्पाको शब्द रहेको गीतमा डम्बर नेपालीको संगीत रहेको छ । महाराज थापाले एरेञ्ज गरेको गीतलाई देबेश राईले मिक्सिङ मास्टरिङ गरेका छन् ।

बिक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा करण र मलिका फिचर्ड छन् । बिक्रमको निर्देशनसंगै कोरियोग्राफी रहेको म्युजिक भिडियोमा प्रकाश खड्का एण्ड टिमको सिनेमाटोग्राफी रहेको छ । मिलन विश्वकर्माको इडिट तथा कलर रहेको भिडियोमा सरिता मगरको मेकअप रहेको छ ।

गायक करण अहिले नेपालमा रहेर धेरै गीतहरु सार्वजनिक गरिरहेका छन् । केहि समय अगाडी राई इज किङ राजेशपायल राईसंगपनि गीत ल्याएका थिए । त्यस भन्दा अगाडी करणले अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर लगायतसंग सहकार्य गरिसकेका छन् ।