प्रियंका, दीया र सुलक्षणको चलचित्र ‘ममी’ को शुभमुहर्त


काठमाडौँ। सो ट्वान्टीफाईभको ब्यानरमा निर्माणधीन हरर जनराको चलचित्र ‘ममी’को आज राष्ट्रिय चलचित्र दिवस र विश्वकर्मा पूजाको अवसर पारेर उपकरणलाई पूजा गरि छायाँकनको सुरुवात गरिएको छ । पूर्णिमा जोशी र समर निरौलाको संयुक्त लेखन रहेको चलचित्रलाई लोकराज जोशी र पूर्णिमा जोशीले निर्माण गरेका छन्।

समर निरौलाले निर्देशन गर्ने चलचित्रमा प्रियंका कार्की, सुलक्षण भारती तथा दीया मास्के, समीप निरौला, घनश्याम जोशी, आयुसी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, रिना ढकाल लगायत कलाकारहरूको अभिनय रहनेछ। चलचित्रलाई शरद महतोले छायाँकन गर्दैछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.