पल शाह र प्रताप दासलगायतका कलाकारहरूसँग  झुम्यो दुबई 


यूएई दुबई- सिएनए इन्टरनेशनल अनर अवार्ड भव्य रूपमा सम्पन्न दुबई । शनिवार अगस्ट १७मा दुबई संगीतमा झुमेको हो । दुबईमा रहेको क्लव एसके सेभेनमा अभिनेता पल शाह र प्रताप दाससहित आधा दर्जन कलाकारसँग त्यहाँ रहेका नेपालीहरुले गाउँदै नाँच्दै खुशी साटेका छन् ।

सेलिब्रेटी नेपाल प्रतिष्ठान र साथीभाइ इन्टरटेन्मेन्टले आयोजना गरेको सिएनए इन्टरनेशनल अनर अवार्डमा सहभागिताको लागि दुबई आएका कलाकारहरूले आफ्नो प्रस्तुति सँगै दुबईका दर्शकहरुलाई नचाएका हुन् । शनिबार दुबईमा अवार्ड कार्यक्रमसहित म्युजिकल नाइटको पनि आयोजना गरिएको थियो ।

आयोजक टिमका सदस्य प्रविन किराँतीले दुबईको कार्यक्रम सफलता संगै अन्य देशमा पनि कार्यक्रम नियमित गर्ने बताए । अभिनेता पल शाह, गायक प्रताप दास, गायिका रेखा शाह, लोक गायक सुवास खत्री, कलाकार रितेष पौडेल, गायक सुरज मानन्धर, मोडल दीपक घिमिरे, अर्जुन जिसी, फिल्म डेसानका निर्देशक कमल एक्चै मगर, निर्देशक नितिन चन्द, कलाकार चन्द्र लामा र लीला केसी लगायतले अवार्ड पाउन सफल भएका थिए ।

यस्तै हाईलाईट् नेपालका प्रबन्धक जनक तामाङ र ओएसआर डिजिटलका ओम अग्रवालले चलचित्रकर्मी डिजिटल वितरकको रूपमा अवार्ड लिएक थिए ।  कार्यक्रममा केही अवार्ड पाउन सफल कलाकारहरु विशेष कारण उपस्थित हुन सकेका थिएनन् । पल शाह, प्रताप दास, रेखा शाह लगायतका कलाकार उपस्थित भएका थिए ।
अवार्ड लिइसकेपछि आयोजकको आग्रहमा आफ्नो छोटो प्रस्तुति दिने क्रममा रेखा शाह, प्रताप दास र पल शाहले झन्डै हजार दर्शकमाझ प्रस्तुति दिएक थिए । 
गायिका रेखा शाहले ३ वटा प्रस्तुति, प्रताप दासले ११ वटा प्रस्तुति र पल शाहले ३ वटा प्रस्तुति कार्यक्रममा राखेका थिए ।

नेपाली कला, साहित्य, चलचित्र क्षेत्रका कलकर्मी र सामाजिक, शिक्षा र पर्यटन क्षेत्रका लागि दुबईमा रहेर योगदान गरिरहेका विशिष्ट व्यक्तिहरूलाई अवार्डद्वारा सम्मान गरिएको थियो । 
कार्यक्रममा वर्षको पपुलर गायक तर्फ प्रताप दास र वर्षको पपुलर अभिनेता तर्फ पल शाहले अवार्ड  उचालेका थिए ।

चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समीर बलामीले सञ्चालन गरेको कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष वेद प्रसाद अर्याल, नेफिन युएईका अध्यक्ष विक्रम लिम्बु, समाजसेवीहरू बाबुराम परियार, बिराज तिरोज, भीम मल्ल ठकुरी, पासाङ शेर्पा, विकास शाही, कुमार बलामी, जे सागर, रमेश ढकाल, हरि मोक्तान, कृष्ण भट्टराई, एमडी बोहरालगायत क्षेत्रगत विशेष योगदानबाट सम्मानित भएका थिए ।

कार्यक्रमले नेपाल-दुबईलाई जोड्नुको साथै नेपाली कला, साहित्य, चलचित्र र पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने आयोजक संस्था सेलेब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले बताए । साँझ ७ बजेबाट सुरु भएको कार्यक्रम राती १:३० बजे सम्म चलेको थियो भने कार्यक्रमको अन्तिम समयसम्ममा १५ सय बढी दर्शकको उपस्थिती रहेको थियो ।