सुदिप र शान्ती श्रीको नयाँ गीत ‘बारुलाको गोलो’ मा उषा र रमेश (भिडियो)


काठमाडौंँ । गायक सुदिप पन्त र गायिका शान्ती श्री परियारको आवाज रहेको ‘बारुलाको गोलो’ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा उषा उप्रेती र रमेश कडरिया फिचर्ड ।

सुदिप पन्त र रमेश कडरियाको शब्द रहेको गीतको संगीत गायक स्वयमले गरेका छन् भने सङ्गीत संयोजन कडरियाले गरेका छन् । केही फरक शैलीमा प्रस्तुत गरिएको गीतको भिडीयोमा जंगलमा बसोबास गर्ने प्रेमी प्रेमिकाको रोमान्चक प्रेम दर्शाउनुको साथै भिलेन पात्र पनि खडा गरिएको छ ।

भिडियोलाई सरोज अधिकारीले निर्देशन गरेका छन् । त्यस्तै सरोज अधिकारी र रोशन बिकको कोरियोग्राफी, तथा क्यामरामा पवन शुस्लिङले काम गरेका छन । नगरकोट र साँखुको जंगल छायाङ्कन भएको गीतको भिडियो सम्पादन सरोज अधिकारीले गरेका हुन भने कलर करेक्सन राजेन्द्र मोक्तानले गरेका छन ।

आम दर्शक तथा स्रोताको चाहना अनुरुपको गीत बनेकोले दर्शक श्रोताहरुले यो गीत मन पराउनेमा आफू आशावादी रहेको गायक सुदिप पन्तले बताए । हाल जापानमा बसोबास गरिरहेका पन्तले यसअघि नेपाली र जापानी भाषा सम्मिलित गीत ‘ओइ ओइ तकेवा’ सार्वजनिक गरेका थिए ।