‘छक्कापञ्जा ५’ को फर्स्टलुक पोस्टर सार्वजनिक, फूलपातिमा प्रदर्शन हुने


काठमाडौँ। दीपकराज गिरी र दीपाश्री निरौलाको सिनेमा ‘छक्कापञ्जा ५’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ।

बिहीबार (आज) देखि छायांकनमा जान लागेको सिनेमाको पोस्टर सार्वजनिक गर्दै शीर्ष कलाकार र प्रदर्शन मितिबारे जानकारी दिइएको छ।

पोस्टरमा दीपकराज र केदार घिमिरे ‘माग्ने बुढा’ सहित अभिनेत्री वर्षा शिवाकोटी प्रस्तुत छिन्। यो सिनेमा दसैंको अवसर पारेर असोज २४ गते फूलपातिमा रिलिज हुनेछ। अन्य कलाकारबारे केही खुलाइएको छैन।

आमा सरस्वती मुभिज र आइएमआईको प्रस्तुतिमा बन्न लागेको फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गर्नेछिन्।

उनले यसअघि ‘छक्का पञ्जा’ का तीनवटा शृंखलालाई निर्देशन गरेकी थिइन्। चौथो शृंखलालाई भने हेमराज बिसीले निर्देशन गरेका थिए। ‘छक्का पञ्जा’ का सबै शृंखलाले बक्स अफिसमा सुपरहिट व्यापार गरेका छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.