‘पुजार सार्की’ले जापानमा पायो दर्शकको राम्रो साथ


काठमाडौं । बुद्ध जयन्तीको दिन रिलिज भएको चलचित्र ‘पुजार सार्की’ ले दर्शकको राम्रो साथ पाइरहेको छ । चलचित्रको कथावस्तुदेखि लिएर कलाकारको अभिनयलाई दर्शकले रुचाएका छन् ।

दर्शकबाट सकारात्मक रेस्पोन्स पाइरहेको चलचित्र ‘पुजार सार्की’ जापानस्थित नेपाली डायस्पोरामा पनि प्रदर्शन गरिएको छ । नाकानो जेरो हलमा आयोजित उक्त शो हेर्न १ हजार ५०० दर्शक उपस्थित भएको निर्माण पक्षले जनाएको छ । एकै शोमा दर्शकको भीडको फोटो र भिडियोले यतिबेला सामाजिक सञ्जालमा राम्रै चर्चा पाइरहेको छ ।

उक्त शोमा सहभागी हुन अभिनेता पल शाह र पटकथाकार विकास सुवेदी टोकियो पुगेका थिए । अभिनेता शाह पुगेपछि त्यहाँको माहोल एकाएक गर्माएको थियो । उनलाई भीड छिचोलेर सिनेमा हलभित्र छिर्न र निस्किन मुस्किल परेको सार्वजनिक भिडियोहरुमा देख्न सकिन्छ । पलसँग तस्विर खिच्नेको भीड बाक्लो थियो ।

शोमा पुगेका लेखक सुवेदीले दर्शकको माया पाएर आफू निकै खुसी भएको बताए । उनले भने, ‘मलाई जापान भन्नेबित्तिकै डर लागेको विषय थियो– हामी मेकरदेखि कलाकार यहाँ आउने तर यदि दर्शक नै आएनन् भने के गर्ने ? किनकि जापानमा चलचित्र लगाएर दर्शक नआएका कारण त्यतिकै फर्किनु परेको रिपोर्टहरु मैले हेरेको थिएँ ।’

उनले थपे, ‘कोही दर्शक आउनुभएन भने बर्बाद हुन्छ भन्ने थियो, तर चलचित्र प्रदर्शन हुनु एक घण्टा अघिदेखि नै यस्तो भीड देखेपछि भने म एकदमै सन्तुष्ट छु । दर्शकको माया देख्दा म भावुक छु ।’

नेपाली चलचित्र लाग्दा जापानमा हाल प्राय दर्शक भरिँदैन । तीन वर्षअघि ‘कबड्डी ४’ रिलिज भएयता जापानका हलमा नेपाली चलचित्र हेर्न खासै दर्शक आएका थिएनन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.