चौंथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न


काठमाडौँ। चौंथो ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८०’ सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष समारोहबीच रक्षमन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अवार्ड समारोहमा वरिष्ठ गायिका ज्ञानु राणालाई नगद राशिसहित दीर्घ साधाना सम्मान अर्पण गरिएको थियो । यस्तै सिक्किमका साहित्यकार जीवन शर्मालाई ‘हिमालयन गीत/संगीत विशेष सम्मान’, चलचित्र निर्माता तथा अभिनेत्री रुश्मा राईलाई ‘हिमालयन चलचित्र विशेष सम्मान’ र वरिष्ठ साहित्यकार खेमनाथ दाहाललाई हिमालयन विशेष साहित्य साधना सम्मान’ अर्पण गरिएको थियो ।

‘भाषा, साहित्य, कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ सम्मपन्न भएको समारोहमा वरिष्ठ पत्रकार विजयरत्न तुलाधरलाई ‘हिमालयन पत्रकारिता रजत सम्मान’ नगद दश हजार राशिसहित प्रदान गरिएको थियो । यसैगरी वरिष्ठ पत्रकार शान्तिप्रियलाई ‘हिमालयन पत्रकारिता विशेष सम्मान’, विनोद देवकोटालाई ‘हिमालयन पत्रकारिता सम्मान’ र किरणप्रसाद अधिकारीलाई मोफसल पत्रकारिता सम्मान अर्पण गरिएको थियो । उहाँहरूलाई प्रमुख अतिथि मन्त्री उप्रेती, विशिष्ठ कलाकार वसुन्धारा भुसाल, वरिष्ठ पत्रकार एवं साहित्यकार प्रा.पुरुषोत्तम दाहाल, अवार्डका अध्यक्ष गणेश सुवेदी र संयोजक गीता अधिकारीले खादा, माला, सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।

स्रष्टा सर्जकलाई सम्मान गर्ने उद्देश्यले सुरु गरेको अवार्ड यसवर्ष पनि निरन्तरता दिएको अवार्डका अध्यक्ष सुवेदीले बताउनुभयो । भाषा, साहित्य कला संस्कृतिका सर्जकलाई सम्मान गर्ने उद्देश्यले अवार्डलाई निरन्तरता दिइएको अवार्ड संयोजक गीता अधिकारीले जानकारी गराउँदै आ–आफ्नो क्षेत्रबाट कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सबैमा धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाँले आगामी संस्करण नेपाल बाहिर गर्ने तयारी रहेको पनि जानकारी गराउनुभयो । वुमेन्स एरा मिडिया ग्रुपकी अध्यक्ष प्रतिमा राईले अवार्डका विषयमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय भावका गीतसँगै आधुनिक, पप, लोकदोहोरी र भजनका साथै भाषाभाषीका विद्यामा पनि अवार्ड प्रदान गरिएको थियो । उत्कृष्ट पाँचबाट सर्वोत्कृष्ट छनोट भएका स्रष्टा सर्जकलाई विभिन्न क्षेत्रका वरिष्ठ व्यक्तित्वहरूले अवार्ड प्रदान गर्नुभएको थियो ।

समारोहमा भजनमा ज्ञानेन्द्र गदाल ‘कृष्ण कन्हैया’, राष्ट्रिय गीतमा गोपालप्रसाद थपलीया ‘देशको माटो’, आधुनिक गीतकार पुरुषमा प्रकाश सुवेदी ‘फूल राम्रो सूर्यमुखी’, आधुनिक गीतकार महिलामा प्रतिमा गुरुङ ‘आमा बाबा’, संगीतकार आधुनिकमा महेश्वर पन्त ‘ज्युदो देवता’ले अवार्ड प्राप्त गर्नुभएको थियो ।

यस्तै संगीत संयोजन आधुनिकमा बलराम राजबंशी ‘माया हाम्रो’, आधुनिक गायकमा हेमन्त शिशिर ‘मेरो लागि तिमी’, आधुनिक गायिकामा समीक्षा अधिकारी ‘जीवनको रेल’, आधुनिक युगल गायनमा रमेश पाठक/रचना रिमाल ‘मयााकै पिर’, आधुनिक गीत निर्देशकमा सोनाम पार्खिन ‘अधुरो सपना-२’, आधुनिक गीत मोडल पुरुषमा राज टाइगर ‘धरहरामा बस्यो माया जाल’ र आधुनिक गीत मोडल महिलामा सरस्वती खत्री ‘तिमीलाई ज्यान दिन्छु’बाट अवार्ड चुम्न सफल हुनुभयो ।

त्यस्तै, ध्वनि मिश्रणमा कुमार केसी ‘यही कतै’, छायांकारमा गंगाराम राई ‘सल्लेरी वनमा’, सम्पादकमा दिन्शन शाह ‘कृष्णजीकी राधा’, गजलमा डा.कृष्णहरि बराल ‘अचानक’ले अवार्ड उचाल्नु भएको थियो ।

यसैगरी लोकपपमा सुरेन गौतम, ‘सल्लेरी पाखाहरू’, आधुनिक नवगायकमामा स्याडरोज ‘अदृश्य माया’, आधुनिक नव गीतकारमा गणेश घिमिरे ‘देवता भाकी’, नवमोडल महिलामा एलिना थपलिया ‘तक्दीर’, लोक तथा दोहोरी गायकमा चेतबहादुर बुढाथोकी ‘रेलको बाटो’, लोक तथा दोहोरी गायिकामा काव्य आचार्य ‘एैना काइँयो’ले अवार्ड प्राप्त गर्नुभयो ।

त्यस्तै, लोक तथा दोहोरी शब्दमा कृष्णभारद्वाज ‘डम्बरकुमारी’, लोक तथा दोहोरी लयमा मदन नेपाली (सुफिक्स) ‘लाग्छ माया लाग्दैन’, लोक तथा दोहोरी गीत निर्देशनमा जनक सिंह ‘गरिदेउ विदा’, लोक तथा दोहोरी मोडल पुरुषमा सागर लम्साल ‘पिरैले सुकाउछ ज्यान’, लोक तथा दोहोरी मोडल महिला एन जेड शालु ‘लुकी लुकी’, टेलिचलचित्रमा रश्मि पाण्डे माकुरी ‘सक्किगोनी’ र शृंगारमा विक्रम गौतमले ‘भगवान कसम’बाट अवार्ड उचाल्नु भएको थियो ।

समारोहमा कल्चर गीतमा छिरिङ लामा मोडललाई ‘ङन्जेन जोम्सेदु’, लोक तथा दोहोरी गीतमा सुमी पराजुली चुम्मा चपक्कै’, मोडल आधुनिकमा रोशन श्रेष्ठ ‘ओ लम्भी’, टेली चलचित्रमा सरिता राजोपाध्याय ‘बुहारी’बाट जुरी अवार्ड प्राप्त गर्नुभएको थियो भने सुवाशकुमार मण्डलले ‘हर स्वासमा’ इन्करेजमेन्ट अवार्ड र सुरज श्रेष्ठले लोकपप गीत ‘बेनी बजारमा’बाट पब्लिक च्वाइस अवार्ड प्राप्त गर्नुभएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.