प्रदीप खड्का स्टारर चलचित्र ‘एक्टर’ को शुभ साइत सम्पन्न


काठमाडौँ। प्रदीप खड्का स्टारर चलचित्र ‘एक्टर’ को शुभ साइत गरिएको छ। ललितपुरको भैंसेपाटीमा पुजा आजा गर्दै फिल्म ‘एक्टर’को शुभसाइत गरिएको हो ।

शुभसाइत समारोहमा फिल्मका मुख्य कलाकारहरू प्रदीप खड्का, आना शर्मा,दिव्या रायमाझी, सुशील सिटौला, कलाकार दिव्यदेव लगायत उपस्थित थिए ।
दिव्याले नेपाली फिल्मको कुनै समारोहमा सहभागिता जनाएको यो पहिलो अवसर हो । समारोहमा अर्का अभिनेता दिव्यदेव पन्त पनि सहभागी रहेको थियो । वैशाखको अन्तिम साताबाट सुरु हुने फिल्ममा राजवल्लभ कोइराला, सलोन बस्नेत लगायतका कलाकारको पनि अभिनय छ ।

फिल्मलाई राजन भुसालले निर्देशन गर्दैछन् । थमन कुमार भण्डारीको निर्माणमा तयार हुन लागेको फिल्ममा एनिस भुसाल र सार्थक केसी सह–निर्माताको रुपमा छन् ।

फिल्मलाई कात्तिकको १५ गते रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ । नरेन्द्र मैनालीको छायाँकनमा तयार हुने फिल्मको कथा यूनिक रहेको नायक खड्काले जानकारी दिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.