बटरफ्लाई फिल्मस्ले गर्यो बिभिन्न संस्थाका महिलाहरुलाई निशुल्क फिल्म देखाउने कार्य


काठमाडौँ। नेपाली,बलिउड तथा हलिउड फिल्म्सको वितरण गर्दै आई रहेको कम्पनी बटरफ्लाई फिल्मस्ले आफ्नो संस्थागत योजना अनुसार सिएआरएस एक्तिभिटिज कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रम अन्तर्गत केहि फरक गर्ने योजना अनुसार बिभिन्न संस्थाका महिलाहरुलाई सिनेमा घरमा सिनेमा देखाउने कार्य गरिएको हो।

बटरफ्लाई फिल्मस्लाई लक्ष्मी सनराइज बैंकले सहकार्य गरेको थियो। रन्जना सिनेप्लेक्समा भएको कार्यक्रममा ५० जना भन्दा बढीको सहभागिता रहेको थियो। बटरफ्लाई फिल्मस्ले गत महिना काभ्रे जिल्ला पनौती नगरपालिका–९ ओम डाँडास्थित कमलादेवी आधारभूत विद्यालयमा अध्ययनरत ८० विद्यार्थीलाई जाडोको न्यानो कपडा सहयोग वितरण गरेको थियो।

आगामी दिनमा पनि यस्ता सिएआरएस एक्तिभिटिज कार्यक्रम निरन्तर गर्दै जाने योजना रहेको बटरफ्लाई फिल्मस्का प्रवन्ध निर्देशक जेनिश पहारीले बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.