ज्याकलिन नेपाल आउँदै, यस्तो छ कार्यतालिका


बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज आर बि डायमण्ड ज्वेलर्सको निमन्त्रणामा नेपाल आउने भएकी छन।

सोमबार एक कार्यक्रमकाबीच कम्पनीले यसको जानकारी दिएको हो।

आर बीले आफ्नो २७ औं वार्षिकोत्सवको अवसरमा उनलाई नेपाल ल्याउन लागेको हो।

३० मार्चमा आर बीले गर्ने ज्वेलरी रन वेमा ज्याकलिनलाई शो स्टपर बन्नेछिन्।

उनी आउने कार्यक्रमको जानकारी दिन आयोजित शो कार्यक्रमा ज्याकलिनले भिडियो सन्देशमार्फत आफू नेपाल आउन लागेकोमा खुशी व्यक्त गरेकी छन्।

आरबी डायमण्डले सो रन वेमा आफ्नो ब्रान्डको उत्कृष्ट डिजाइनका नयाँ कलेक्सनहरु प्रदर्शन गर्ने जानकारी दिएको छ।

सो रनवेमा हलिउड अभिनेता तथा मोडल किम गुडबर्न शो ओपनर बन्नेछन्।

रनवेमा उनले आरबीको पुरुषका डायमण्ड कलेक्सनहरु प्रस्तुत गर्नेछन्।

ज्याकलिनको नेपाल आगमनको जानकारी दिएको आरबी डायमण्डले हिजो आफ्नो नयाँ लोगो समेत सार्वजनिक गर्‍यो।

आरबीले नयाँ लोगोसँगै रेहान श्रेष्ठलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको घोषणा गरेको छ।

उनी चर्चित कन्टेन्ट क्रियटर तथा डिजाइनर हुन्।

आरबी डायमण्ड ज्वेलर्स सन् १९९७ बाट सञ्चालनमा आएको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.