आमिर खानको ‘लापता लेडिज’ ले कति कमायो?


किरण राव निर्देशित फिल्म ‘लापता लेडिज’ ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिहेको छ। भारतीय सञ्चारमाध्यम एनडिटिभीका अनुसार फिल्मले ४ दिनमा ४ करोड ३१ लाख भारू कमाएको छ।

१ करोड ८० लाख भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन १ करोड ४५ लाख भारू, तेस्रो दिन १ करोड ७० लाख र चौथो दिन ४१ लाख भारू कमाएको हो।

फिल्ममा रेलमा बेहुली परिवर्तन भएको कथा देखाइएको छ। फिल्मको पटकथा तथा संवाद स्नेहा देसाईले लेखेका हुन्।

आमिर खान, किरण राव र ज्योति देशपान्डेको लगानी रहेको फिल्ममा नितान्शी गोयल, रविन किशन, प्रतिभा रान्टा, स्पर्श श्रीवास्तव, छाया कदम, गीता अग्रवाल शर्मालगायत कलाकारको अभिनय छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.