मह जोडीले अस्ट्रेलियामा कृतिमान बनाएर नेपाल फर्किए


(सेलिब्रेटी नेपाल) २३ माघ-हाँस्य जोडी महको साथमा अष्ट्रेलीया यात्रामा निस्केको टोलि नेपाल फर्कीएको छ। सो टोली नेपाल बुधबार फर्किएको हो। हास्य सम्राट महको यो जोडिले अष्ट्रेलीयामा नयाँ रेकर्ड बनाएको छ। मह यात्रा नामक कार्यक्रम लिएर गएको यो टोलीले मेलबर्नको अन्र्तराष्ट्रीय स्तरको स्टेडियममा कार्यक्रम गर्न सफल भएको थियो। यो कार्यक्रममा मह सहितको टोलीले नेपाल जाने अहिले सम्मकै सबै भन्दा महगो र दर्शकको बाक्लो उपस्थिति बनाउन पनि सफल भए। Maha-yatra
मह यात्राले मेलबर्नमा ८ हजार भन्दा बढी दर्शकको साथ थियो। अष्ट्रेलियाको सात शहरमा कार्यक्रम गरेको मह यात्रामा किरण के.सी, शिवहरी पौडेल, वसुन्धरा भूषाल, मोहित आचार्य र गायिका कुन्ती मोक्तान पनि रहेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.