जनकको ‘घरज्वाइँ’ असार २८ बाट प्रदर्शनमा आउने



काठमाडौँ। चलचित्र ‘घरज्वाइँ’ आगामी वर्षको असार २८ देखि प्रदर्शन हुने भएको छ। निर्माण टिमले सामाजिक सञ्जालमार्फत थिम पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन्।

सामाजिक कथामा आधारित चलचित्रमा कलाकार दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापामगर, खड्ग बहादुर पुन (खबपु), विवेश बुढामगर, सुनिल मगर लगायतको अभिनय रहनेछ।

माघको तेस्रो सातादेखि छायांकन सुरु हुने तयारीमा रहेको चलचित्रलाई अनिल बुढा मगरले निर्देशन गर्नेछन्। चलचित्र पूर्वी रुकुम र तकसेरामा छायांकन गरिने जनाइएको छ।

निर्देशक मगरसहित विनोद खतिवडा र सुभाष कोइरालाले चलचित्रको कथा लेखेका हुन्। जिएम मुभिज प्रोडक्सनको प्रस्तुति रहने चलचित्रका निर्माता जनक घर्ती मगर हुन्।

फिरोज खड्का सहायक निर्देशक रहेको चलचित्रमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ। चलचित्रलाइ आर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले वितरणको जिम्मा लिएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.