कमलको फोटो कसले खिचिदिने



सेलेब्रिटी नेपाल कार्तिक २५-बिगत १७ बर्ष देखि विभिन्न मोडेल कलाकार हरुको फोटो सेसन गरि रहनु भयका कमल श्रेष्ठ ले हाल सम्म करिब ५००० सेलेब्रिटी को फोटो क्यामेरा मा कैद गरि सक्नु भयको छ। उहा संग पहिलो पटक सेसन गरेका आर्यन सिग्देल,निशा अधिकारी,बाबु बोगटी,सज्जा मैनाली, संचिता लुइँटेल जस्ता कलाकार हरु नेपाली चलचित्र मा स्थापित भय। अन्य यस्तै स्थापित नाम हरु को लिस्ट लामै रहेको फोटो ग्राफर कमल बताउछन्। कमल ले करियरको सुरुमा ३० भन्दा बढी म्युजिक भीडियो र एउटा गुरुङ भाषाको चलचित्र पनि खिचेका थिय। हाल कमल फोटो खिच्नुका साथै ग्ल्यामर नेपाल नामक अन लाइन पेपरका चेयर म्यानका रुपमा सक्रिय छन् उनले यति धेरै सेलेब्रिटी हरुको फोटो खिचे तर उनको फोटो कसले खिच्ने?हामी पनि सेलेब्रिटी हौ नि उनि भन्छन अब सेलेब्रिटी नेपाल ले पर्दामा देखिने मात्र होइन पर्दा पछाडिका समेत सबै लाई सेलेब्रिटी को स्थान दिने छ।

Copyright © 2012 - 2026 | All Right Reserved.