मिस चितवनको ताज सितोष्ना लाई


(सेलिब्रेटी नेपाल) १२ कार्तिक-२० वर्षिया सितोष्ना वन मिस चितवन २०७० बन्न सफल भएकी छिन् । ब्राइट नेपाल डटकमको आयोजनामा चितवनको नारायणगढमा सम्पन्न मिस चितवन २०७० को ताज संगै सितोष्नाले स्कुटर र अन्य विभिन्न पुरस्कारहरु जित्न सफल भएकी छिन् । उनले मिस नेपाल २०७० मा सहभागीता जनाउने अवसर समेत प्राप्त गरेकी छिन्। पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले सितोष्नालाई ताज पहिराइदिइन्।
Miss-chitwan
अन्तिम पाँचमा छानिएका प्रतिस्पर्धीलाई आयोजकले सोधे ‘तपाईंको उमेरका नारीलाई अहिलेको समयमा कस्तो चुनौती छ ? उनीहरुको सहयोगका लागि व्यक्तिगत रुपमा तपाईं के गर्न सक्नु हुन्छ ?’यो प्रश्नको जवाफ दिँदै उनले उपाधि जितेकी हुन्। उनले महिला हिंसा, महिलामाथि हुने थिचोमिचो र आलोचना अहिलेको मुख्य समस्या भएको भन्दै यसलाई हटाउन आफू लागि पर्ने बताइन्। यसका लागि जनचेतना जगाउने काममा आफू लाग्ने उनको जवाफ थियो।
Miss-chitwn-sitosma
अन्तिम पाँचमा सितोष्नासँगै रिदम अधिकारी, पुजा श्रेष्ठ, रक्षा थापा र निशा थापा छानिएका थिए। मिस चितवन २०७० प्रतियोगिताको फष्ट रनर अप पुजा श्रेष्ठ र सेकेण्ड रनरअप रक्षा थापा भइन् ।फस्ट रनरअप पुजाले २५ हजार नगद र सेकेण्ड रनरअप रक्षाले १० हजार नगद सहित विभिन्न उपहार हात पारिन्। २७ जनाबाट तीन चरणपछि १० जना र १० जनाबाट पाँच जना छानिएको थियो।