एटीएमको प्रदर्शन मिति मंसिर ८



सेलेब्रिटी नेपाल कार्तिक २१- कात्तिक १७ लाई प्रदर्शन मिति तोकेर प्रचारमा उत्रिएको एटीएमको प्रदर्शन मिति मंसिर ८ गते सरेको हो । दिनेश थापाको निर्माणमा तयार भएको सिनेमालाई यादव सिलवालले निर्देशन गरेका हुन् । चलचित्रमा दिनेशका अलवा जिया के.सी,सबिना कार्की,सोनीया शर्मा लगायतका कलाकारको अभिनय छ ।
चलचित्रमा समावेश दृश्य र संवाद उच्छृङ्खल भएपछि सेन्सर बोर्डले चलचित्रका थुप्रै दृश्य काटेको थियो । सेन्सर बोर्डले दृश्य काटेपछि चलचित्रको पुनः छायांकन समेत गरिएको थियो । चलचित्रमा नायिकात्रय जिया के.सी, सबिना कार्की र सोनीया शर्माले खुलेरै अंगप्रदर्शन गरेका छन् । चलचित्रका निर्माता दिनेश थापाले तिन नायिकासग पर्दामा मस्ति गरेको देख्न सकिन्छ ।
चलचित्रमा समावेश दृश्य र संवादलाइ लिएर चलचित्र वृत्तमा चर्को बहस समेत भएको थियो । तर विभिन्न आलोचना र विरोधका वावजुत पनि यो चलचित्र प्रदर्शनमा आउन लागेको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.